Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

लगातार चार दिन उच्च अंकले बढेर नेप्सेमा ८.१८ अंकको करेक्सन


सूचना कुण्ड
लगातार चार दिन उच्च अंकले बढेर नेप्सेमा ८.१८ अंकको करेक्सन

काठमाडौँ, साउन २९ : यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।    
    
 आज नेप्से परिसूचक आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा कायम भएको हो । तीन सय ३२ कम्पनीको रु पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता शेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ सय ३३ बराबरको कारोबार भएको छ ।    
    
 नेप्सेका अनुसार बैंकिङ शून्य दशमलव ४५, वित्त एक दशमलव ५७, लगानी शून्य दशमलव ०८, व्यापार शून्य दशमलव ०६ र जीवन बीमा शून्य दशमलव ५४ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक एक दशमलव ३६, होटल तथा पर्यटन दुई दशमलव २५, जलविद्युत् शून्य दशमलव ३५ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव ४० प्रतिशतले घटेको छ ।    
    
 त्यसैगरी, लघुवित्त एक दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव ०७, निर्जीवन बीमा एक दशमलव ०२ र अन्य समूहको उपसूचक शून्य दशमलव ७४ प्रतिशतले घटेको छ ।    
    
 मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपल्स पावर लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै शेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु ८१ करोड ९९ लाख ४० हजार आठ सय २२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को २९ लाख ८६ हजार नौ सय सात कित्ता शेयर किनबेच भएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend