Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

तीन पटक २५०० नाघेको सेयर बजार २४८८ मा रोकियो 


सूचना कुण्ड
तीन पटक २५०० नाघेको सेयर बजार २४८८ मा रोकियो 

काठमाडौँ, साउन ७ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक दुई दशमलव १५ अङ्कले बढेर दुई हजार चार सय ८८ दशमलव ०९ अङ्कमा कायम भएको हो ।    
    
आज तीन सय नौ कम्पनीको तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर एक लाख ७० हजार पाँच सय ५९ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० बराबरको कारोबार भएको छ ।    
    
बैङ्किङ एक दशमलव २३, विकास बैङ्क शून्य दशमलव ६३, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव ४७, लघुवित्त शून्य दशमलव ५३ र निर्जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरु समूहको उपसूचक बढेको छ । आज वित्त समूह शून्य दशमलव ७१, जलविद्युत् एक दशमलव ७४, जीवन बीमा शून्य दशमलव ०१, उत्पादन तथा प्रशोधन दुई दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ७८, व्यापार एक दशमलव ८६ र अन्य समूहको उपसूचक एक दशमलव ४३ प्रतिशतले बढेको छ ।    
    
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९४ प्रतिशतले घटेको छ ।    
     
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ३६ करोड ९३ लाख ४८ हजार सात सय ४१ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ को १५ लाख ५६ हजार नौ सय ९५ कित्ता शेयर किनबेच भएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend