Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्से एकैदिन ७० अंकले बढ्यो, ६ महिनापछि ९ अर्बको सेयर कारोबार


सूचना कुण्ड
नेप्से एकैदिन ७० अंकले बढ्यो, ६ महिनापछि ९ अर्बको सेयर कारोबार

काठमाडौँ, साउन १ :  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आर्थिक वर्ष २०८१/०८२ को पहिलो दिन (मंगलबार) ७० अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ३.१३ प्रतिशतले वृद्धि भएर २३१०.५९ विन्दुमा बन्द भएको छ ।

नयाँ सरकार गठन भएको दोस्रो दिन नै नेप्से परिसूचक उच्च अंकले बढेको छ भने ६ महिनापछिकै उच्च मूल्यको सेयर कारोबार भएको हो । यसअघि माघ ३ गते ९ अर्ब ९६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । सोमबार नयाँ सरकार गठन भएको दिन नेप्से १७.१८ अंकले घटेको थियो ।

त्यसअघिका दिनमा बजार निरन्तर बढेकाले सोमबार बजारमा करेक्सन भएको लगानीकर्ता बताउँछन् । आज नौ अर्ब १३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार आठ अर्ब ७३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज २३४ कम्पनीको सेयर मूल्य बढेको छ भने आठ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज अधिकांश ऋणपत्रका मूल्य घटेको छ ।

कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक ०.४२ प्रतिशतले घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक ५.४५ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै विकास बैंक समूहको परिसूचक ४.९४ प्रतिशतले वृद्धि भएको छ ।

 


---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend