Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सन्त निरंकारी मण्डलद्वारा  नौसय ४९ पिन्ट रगत सङ्कलन  


सूचना कुण्ड
सन्त निरंकारी मण्डलद्वारा  नौसय ४९ पिन्ट रगत सङ्कलन  

  

काठमाडौँ, वैशाख  १७  : अध्यात्मिक संस्था संन्त निरंकारी मण्डल, नेपाल एकैदिन नौसय ४९   पिन्ट रगत सङ्कलन गरेको छ ।    
    
मानव एकता दिवशको अवसरमा शनिबार देशभरका १४ जिल्लामा भएका रक्तदान शिविरबाट नौसय ४९ प्वाइन्ट रगत सङ्कलन गरिएको मण्डलका केन्द्रीय सचिव अनिल महर्जनले जानकारी दिनुभयो ।    
    
रगत नालीमा होइन नाडीमा बगाऔँ भन्ने नारासहित आयोजित शिविरअन्तर्गत कैलालीमा २४३,धनुषा १३४, काठमाडौँमा ८४, स्याङ्जामा ६९, दाङमा ६२, सप्तरीमा ५९, सुर्खेतमा ४४, झापामा ३३, सल्यानमा ३२, सिरहामा २८, कपिलवस्तुमा २७, रुपन्देहीमा २७, सर्लाहीमा २७ र कञ्चनपुरमा २७ पिन्ट रगत सङ्कलन गरिएको मण्डलका नेपाल प्रमुख नरबहादुर रावलले बताउनुभयो ।

सन्त निरंकारी मण्डल नेपालको आयोजनामा शनिबारका दिन देशका विभिन्न स्थानहरुमा रहेका संस्थाको शाखा उपशाखाहरुमा एकैपटक रक्तदान शिविर संचालन गरिएको थियो  । मानव एकता दिवसको अवसरमा संस्थाको सत्संग भवनहरुमा बृहत् सत्संग कार्यक्रमसहित रक्तदान शिविरहरु संचालन गरिएको हो । १८ जिल्लाका विभिन्न स्थानहरुमा शनिबार संचालन गरिएका रक्तदान शिविरहरुमा नौसय ४९  आठ पिन्ट रगत संकलन भएको छ भने केही स्थानहरुमा रक्तदान शिविरहरु संचालन हुन अझै बाँकि रहेको जनाइएको छ  ।

 ---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend