Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरिमा सामुदायिक नर्स कार्यक्रम : घरघरमै स्वास्थ्य सेवा 


सूचना कुण्ड
चन्द्रागिरिमा सामुदायिक नर्स कार्यक्रम : घरघरमै स्वास्थ्य सेवा 


काठमाडाँै,  चैत १८ : चन्द्रागिरि नगरपालिकाले सामुदायिक नर्स कार्यक्रम  सञ्चालन गरी घरघरमै स्वास्थ्य सेवा प्रदान गरिराखेको छ  । यस्ता नर्सले स्क्रिरिङ (मानसिक स्वास्थ्य, स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, पाँचवर्ष मुनिका बालबालिकाको स्वास्थ्य सर्वेक्षण), परामर्श, प्रेषण, फलोअप, गर्भवती घरभेट,सुत्केरी घरभेट, विद्यालय र समुदाय स्तरमा स्वास्थ्य शिक्षा जनचेतनाका सेवा प्रदान गरिराखेका छन् । 


नगरप्रमुख घनश्याम गिरीले सामुदायिक नर्स कार्यक्रम  मार्फत घरघरमै स्वास्थ्य सेवा एवं परामर्श  प्रदान गरिराखेको जानकारी दिनुभयो । नगरपालिकाले महिलाको पाठेघरको मुखको क्यान्सर  तथा आङ्ग खस्ने समस्या समयमै पहिचान गरी उपचार सेवाको पहुँचमा ल्याउन ‘स्क्रिरिङ तथा व्यवस्थापन’कार्यलाई  तीब्र बनाएको छ । 


नगरपालिकाले प्रजनन रुग्णता स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत आफ्ना १५ वटै वडामा  स्वास्थ्य शिविर सञ्चालन नै सञ्चालन गरी ‘स्क्रिरिङ तथा व्यवस्थापन’कार्यलाई अगाडि बढाइरहेको छ । हालसम्म चन्द्रागिरि –२, चन्द्रागिरि –७, चन्द्रागिरि –१५मा स्वास्थ्य शिविर सम्पन्न भइसकेको स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतोले जानकारी दिनुभयो । 


चन्द्रागिरि –२ बाडभञ्ज्याङ स्थित स्वास्थ्य चौकीमा शनिबार सम्पन्न सञ्चालित शिविरमा २१४ जना महिलाको स्वास्थ्य परीक्षण गरिएको कार्यवाहक वडाध्यक्ष जय तामाङले जानकारी दिनुभयो । चन्द्रागिरि –७ स्थित शहरी स्वास्थ्य केन्द्रमा सम्पन्न भएको स्वास्थ्य शिविरमा १८२ जना तथा चन्द्रागिरि –१५ स्थित तीनथाना स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा १८६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । सो शिविरमा मुटु जाँच तथा साधारण जाँच पनि गरिएको थियो । 


चन्द्रागिरि –१५ का वडाध्यक्ष घनश्याम लुईँटेलले महिलाको पाठेघरको मुखको क्यान्सर रोग लागेको छ कि छैन भनेर पहिचान गर्न पायक पर्ने स्थानमा नै स्वास्थ्य जाँच गर्न शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“समय समयमा हुने यस्ता शिविरले रोग पहिचान गर्न  र समयमै उपचारको दायरामा ल्याउन सहयोग मिलेको छ ।” 


नगरप्रमुख  गिरीले प्रजनन रुग्णता स्वास्थ्य सेवा कार्यक्रमलाई उच्च महत्वदिँदै नगरका सबै वडाका स्वास्थ्य सस्थामा महिला स्वास्थ्य सेवा प्रदान  भइराखेको बताउनुभयो । उहाँले भन्नुभयो “ स्वास्थ्य सस्थामा आउन नसकेका , नभ्याएका महिलालाई शिविरमा आमन्त्रण गरी स्वास्थ्य सेवा प्रदान गर्नेछौ ।”


प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जनशक्ति,पूर्वाधार, प्रयोगशाला ,उपकरण तथा औषधि सबै क्षेत्रमा नगरका स्वास्थ्य सस्थालाई सुदृढ बनाइ निरोगी नगरवासी बनाउने नीति रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन नगरभित्रका स्वास्थ्य सस्थालाई सुदृढ बनाउन नगरवासीको साथ र सहयोग पनि उत्तिकै आवश्यक पर्दछ । ”      
उपप्रमुख बसन्ती श्रेष्ठले नगरपालिकाले उपलब्ध गराउने स्वास्थ्य सेवाका बारेमा नगरवासीलाई जानकारी गराउनुपर्दछ भन्नुभयो । 

 नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा डायलायसिस सेवा सञ्चालनको तयारी गरेको छ  । विसं २०७६ बैशाख २८ देखि  चन्द्रागिरि–४ थानकोटमा सञ्चालित  १५ श्ययाको सो  अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र वर्थिङ सेन्टर सहितको सेवा प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ  । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend