Logo
  • २०८३, असोज ३०गते
  • Oct 16 2026
images

प्रविनिधिसभा बैठक: शोक प्रस्ताव पारित  


सूचना कुण्ड
प्रविनिधिसभा बैठक: शोक प्रस्ताव पारित  

  
   
काठमाडौँ, ४ चैत : प्रविनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । सभामुख देवराज घिमिरेले उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो ।    
    
बैठकमा स्वर्गीय अन्सारीको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । अन्सारीको ६० वर्षको उमेरमा आज उपचारका क्रममा निधन भएको हो ।    
    
जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित अन्सारीले विसं २०४६ को जनआन्दोलनबाट राजनीतिक यात्रा सुरुवात गर्नुभएको थियो ।    
    
उहाँको निधनप्रति बैठकले शोक प्रकट गरी श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११ बजे बस्ने भएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend