Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

    ज्यामिस्वाँरामा व्यावसायिक रेशम किराको खेती 


सूचना कुण्ड
    ज्यामिस्वाँरामा व्यावसायिक रेशम किराको खेती 

सूचनाकुण्ड समाचारदाता  

गोरखा, साउन ८ ः    गोरखाको सहिद लखन गाउँपालिकामा पहिलोपटक व्यावसायिकरुपमा रेशम किराको खेती गरिएको छ ।    
    
गाउँपालिकाको वडा नम्बर ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाले जानकारी दिनुभयो ।    
    
गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषकले मिलेर समूहमार्फत रेशम किराको खेती गर्न सुरु गरेको उहाँले बताउनुभयो । “पालिकाले समूहलाई रेशम किराको खेती गर्न सहयोग पु¥याउने उद्देश्यले फलामका ‘¥याक’ निर्माण र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको छ”, शाखा प्रमुख रोकाले भन्नुभयो, “त्यसबाहेकको सहयोग समूहलाई प्रदेश सरकारले गर्दै आएको छ ।”    
    
“पहिलोपटक उत्पादन थाल्दा पाँच किलो मात्र कोकुन उत्पादन भएको थियो”, उहाँले भन्नुभयो, “यस पटक ५० केजी उत्पादन हुने अनुमान गरिएको छ ।” धागो नै निकालेर बिक्री गर्दा बढी फाइदा हुने भए पनि प्रशोधनको काम भने सुरु भई नसकेकाले समूहले अहिले कोकुन नै बिक्री गर्दै आएको शाखा प्रमुख रोकाले बताउनुभयो । धागो उत्पादन गरेर बिक्री गर्नसके प्रतिकेजी रु पाँच हजारमा बिक्री हुनसक्ने उहाँको भनाइ छ ।    
    
फार्ममा यस पटक ६० हजार रेशम किरा हालिएको मनकामना रेशम खेती कृषि समूहकी सदस्य लिना थापामगरले बताउनुभयो । “किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्छ”, उहाँले भन्नुभयो, “लगभग ४० दिनभित्रमा आम्दानी आइसक्ने अवस्थामा पुग्छ ।” किरा राख्नुअघि घाँसको बगैँचा तयार गर्नसके महिनैपिच्छे किरा हालेर उत्पादन लिन सकिने उहाँले जानकारी दिनुभयो ।    
     
“रेशम किरा पाल्नका फार्मलगायतका संरचना निर्माण गर्न भने थोरै जग्गा भए पनि हुन्छ”, उहाँले भन्नुभयो, “घाँस (किम्बु) खेतीका लागि धेरै जग्गा आवश्यक पर्ने हुँदा समूहले करिब सय रोपनी जग्गा समूहले भाडा लिएर घाँस खेती गर्दै आएको छ ।” करिब ७१ रोपनी जमिनमा घाँस उत्पादन राम्रो रहेको भए पनि बाँकी जमिनमा मल पु¥याउन नसक्दा घाँस राम्रो उत्पादन गतिलो हुन नसकेको उहाँको भनाइ छ ।    
    
समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेपछि एक पटक मात्र उत्पादन लिएको उहाँले जानकारी दिनुभयो । “अब हुने उत्पादन यो दोस्रो पटक हो, पहिलोपटक अनुभव नहुँदा राम्रो आम्दानी लिन सकिएन”, उहाँले भन्नुभयो, “यसपटक भने धेरै न ज्ञान प्राप्त भएको छ अब राम्रो हुन्छ भन्ने विश्वास छ ।”    
    
रेशम किराको खेती हेर्नका लागि गाउँपालिकाभित्र र बाहिरबाट विद्यार्थीसमेत आउने गरेको उहाँले बताउनभयो । “विद्यार्थी बारम्बार रेशम किराको खेती हेर्न आउँछन्”, उहाँले भन्नुभयो, “विद्यार्थी आउँदा कोकन काट्ने, पानीमा राखेर धागो निकाल्नका सिक्ने अवसर पनि यहाँबाट पाएका छन् ।” बिग्रिएका कोकुन विद्यार्थीलाई सिक्नका लागि प्रयोग हुँदै आएको उहाँको भनाइ छ ।    
    
उत्पादित कोकुन बिक्रीका लागि बजार भने समस्या हुँदै आएको उहाँले जानकारी दिनुभयो । “हामीले उत्पादन गरे पनि समयमा बिक्री नहँुदा कोकनको तौल घट्ने गर्दछ”, उहाँले भन्नुभयो, “भनेको समयमा खपत नहुँदा कोकुनलाई धेरै पटक सुकाउनुपर्ने भएकाले तौल धेरै गर्ने भएकाले समस्या हुने गरेको छ ।”    
    
यस पटकको उत्पादन ढिलोसम्म राख्नुपर्दा ३०÷३५ केजी अनुमान गरिएको कोकुन घटेर आठ केजी मात्र भएको उहाँले दुःखेसो गर्नुभयो । गाउँपालिकाले जग्गा भाडाका लागि निरन्तर सहयोग गर्दैै आएको जनाएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend