Logo
  • २०८३, मंसिर १४गते
  • Nov 29 2026
images

कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित


सूचना कुण्ड
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित

काठमाडौँ , कात्तिक २९ , कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा आइतबार चितवन राइनाेजलाई २४ रनले हराएको छ ।

यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीका लागि यो सान्त्वना जित मात्रै रह्यो र छ अंक बटुल्न सफल रह्यो । चितवन भने यसअघि नै प्ले–अफ पुगिसकेको हो । हारले चितवन सात अंकमै सीमित रहेर चौथो स्थानमा रह्यो । चितवन सात अंकमै प्ले–अफ पुग्ने पहिलो टिम पनि भएको छ । जितका लागि १ सय ५४ रन पछ्याएको चितवनले जवाफमा १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो ।

कर्णालीका लागि ओपनर कामिल मिश्राले २५ रन बनाए । उस्मा मिरले २३ बलमा नटआउट २८ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कर्णालीका बलरमध्ये हुसेन तलातले १७ रनमा ३ विकेट लिए ।

यसअघि कर्णालीले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो । टाेलीले ८ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । त्यसमा तलातले ३३ बलको सामना गरेर ५१ रन बनाए र नटआउट पनि रहे । त्यसमा दुई चौका र तीन छक्का सामेल थियो ।

अर्का नटआउट ब्याटर नन्दन यादवले दुई रन बनाए । यसअघि ओपनर सचिन शर्मा शून्यमै आउट भए भने दीपक डुम्रेले पनि ७ रन मात्र बनाए । कप्तान डेविड मिलरले पनि खासै ठूलो योगदान दिन सकेनन् । उनी ५ रन बनाएर आउट भए ।

अर्को ओपनर अरिफुल इस्लामले भने १५ बलमा ३५ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरे । सोमपाल कामीले ४ र मार्क वाटले ६ रनको मात्र योगदान गरे । गुलशन झाले भने ६ बलमा १८ रन जोडे । कमल ऐरी, सलाउद्दिन खान र उस्मा मिरले समान दुई विकेट हात पारे ।


प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
ट्रेन्डिङ
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend