काठमाडौं.साउन २९ : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साढे १० हजार टन ग्यास आयात बढाईदिन भारतलाई आग्रह गरिसकेको जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम तथा ग्यास उद्योग संघको तर्फबाट आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले आयात बढाउन पत्र पठाईएको जानकारी दिनुभयो ।
नेपाल आयल निगमले अहिले मासिक ४९ हजार ५ सय टन ग्यास आपूर्ति गरिरहेको छ । अब ३ महिनाका लागि ६० हजार टन पुर्याइदिन परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
अन्य समयको तुलनामा १० देखि १५ प्रतिशतसम्म आयात वृद्धि भएको उद्योगीहरूले बताउनुभयो । भारतबाट ग्यास आयात र वितरण उस्तै भए पनि माग बढ्दा बजारमा असहज भएको सरोकारवालाको भनाइ छ ।
निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अभाव भइरहेका बेला १/२ प्रतिशतले ग्यास नपाएको हुनसक्नेबताउनुभयो ।उहाँले घरमा एउटा मात्रै सिलिन्डर राख्ने, घर परिवारका सदस्यहरू समस्यामा परेका जानकारी दिनुभयो ।
