Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्से ४.७९ अंक बृद्धि


सूचना कुण्ड
नेप्से ४.७९ अंक बृद्धि

काठमाडौं  साउन २० : नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजको कारोबारमा सामान्य बढेको छ । अन्तिम समयमा बजार सम्हालिँदा ४.७९ अंक बढेको हो । 

यससँगै बजार मापक २६६७.९७ विन्दुमा उक्लिएको छ । १२० कम्पनीको सेयर मूल्य बढेको छ । १४५ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

चार अर्ब ४० करोड ९५ लाख ९४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड ६६ हजार कित्ता सेयर ६१ हजार २५७ पटकमा किनबेच भएको छ ।

सोलु हाइड्रोको सेयर मूल्यमा सर्किट लागेको छ । शिखर पावर, रिडी पावर, बुद्धभूमि नेपाल हाइड्रोपावर, सिनर्जी पावर लगायतका कम्पनीको सेयर लगानीकर्ता उच्च कमाएका छन् ।

एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य ९ प्रतिशत घटेको छ । समूहगत सूचकतर्फ होटेल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूह बढेका छन् । बाँकी समूह भने घटेका छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend