Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सेयर बजार १.२० अंकले घट्यो


सूचना कुण्ड
सेयर बजार १.२० अंकले घट्यो

काठमाडौं ,  साउन १८ : साताको पहिलो कारोबार दिन आज  सेयर बजार १.२० अंकले घटेको छ । तीव्र उतारचढाव देखिएको बजार अन्तिम समयमा नकारात्मक रह्यो ।

योसँगै बजार सूचक २६८४.३३ विन्दुमा ओर्लिएको छ । बजार घट्दा ११७ कम्पनीको सेयर मूल्य बढेको छ । १५० कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

यस दिन चार अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर ६३ हजार ६४८ पटकमा खरिद–बिक्री भएको हो ।

एभरेस्ट कलर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । योसँगै उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता एक हजार ५०० रुपैयाँमा उक्लिएको छ ।

सप्तकोसी विकास बैंक, माहुली लघुवित्त, श्रीनगर एग्रोटेक, सागर डिस्ट्रिलरीलगायत कम्पनीको सेयर उच्च कमाउने शीर्ष स्थानमा रहे ।

समूहगततर्फ फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अरू सूचक घटेका छन् । बाँकी समूह बढेका छन् ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend