Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो


सूचना कुण्ड
चिकित्सकको परामर्श शुल्क आजदेखि बढ्यो

सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, जेठ १ :    नेपाल चिकित्सक सङ्घ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ ।    
    
सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिनुभयो ।    
    
 सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी) शुल्क बढाइएको हो । सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उहाँले बताउनुभयो ।    
    
महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू चार सय २० देखि रू नौ सय ४० सम्म तोकिएको बताउनुभयो ।    
    
नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीए तथा बीडीएस तहका चिकित्सकको शुल्क रू चार सय २० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको रू पाँच सय १५ परामर्श शुल्क तोकिएको छ ।    
    
यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू पाँच सय ९० र त्योभन्दा बढी छ भने रू छ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडीएस तहका चिकित्सकले रू सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले रू आठ सय परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ ।    
    
डीएम÷एमसीएच चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भए रु आठ सय ८०, पाँच वर्षदेखि १० वर्षसम्मको अनुभव भए रू नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका चिकित्सकका लागि रू नौ सय ४० परामर्श शुल्क तोकिएको छ ।    
    
साथै एमडी÷एमएस÷एमडीएसका हकमा भने पाँच वर्षभन्दा कम अनुभव भएकाले रु ७५०, पाँचदेखि १० वर्षसम्म अनुभव भएकाको हकमा रु आठ सय र १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा रु नौ सय ४० शुल्क तोकिएको छ । ---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend