Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

‘बडिबिल्डर’ खेलाडी सम्मानित   


सूचना कुण्ड
‘बडिबिल्डर’ खेलाडी सम्मानित   

सूचनाकुण्ड समाचारदाता 

 काठमाडौँ, जेठ  १ः   
नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उहाँहरुले पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।    
    
यसरी सम्मानित हुनेमा निर्मला महर्जन ९पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा तेक्वान्दो खेलाडी०, भगवती खड्का ९पहिलो महिला ‘रेस्लर’० र उमेश राई ९बडिबिल्डर तथा सर्वाधिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता० हुनुहुन्छ । साथै सोही कार्यक्रममा विकास खड्गी ९युवा उद्यमी० आनन्द राई ९सङ्गीतकार० र जेसिका चेम्जोङ ९समाजसेवी० अभिनन्दन गरिएको थियो ।    
    
बागमती प्रदेशसभा सदस्य रमा आलेमगर र चन्द्र्रागिरि चेम्बर अफ कमर्शका अध्यक्ष रामनारायण घिमिरेले अधिवाह नेपाल नामक सामाजिक संस्थाद्वारा आयोजित कार्यक्रममा उहाँहरुलाई सम्मान एवं अभिनन्दन गर्नुभयो ।    
    
सो अवसरमा प्रदेशसभा सदस्य आलेमगरले आर्थिक समृद्धि हासिल गर्न सामूहिक प्रयत्नको खाँचो आँैल्याउँदै यस्ता कार्यक्रममार्फत राष्ट्रिय व्यक्तित्वको थप पहिचान हुने बताउनुभयो । अध्यक्ष घिमिरेले भन्नुभयो, “चन्द्रागिरि चेम्बर अफ कमर्शले उद्यमीका समस्या सम्बोधन गर्न विभिन्न काम गरिराखेको छ ।”    
    
संस्थाका अध्यक्ष रजनी श्रेष्ठ र सचिव एवं कार्यक्रम संयोजक सुरेन्द्र श्रेष्ठ (रमन)ले देशका प्रतिभालाई सम्मान गर्न पाएकामा गौरवान्वित भएको बताउनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend