Logo
  • २०८३, असोज २८गते
  • Oct 14 2026
images

विश्वकप लिग-२ : नेपालका पूर्वकप्तान रोहितले बनाए शतक


सूचना कुण्ड
विश्वकप लिग-२ : नेपालका पूर्वकप्तान रोहितले बनाए शतक

काठमाडौं,असोज २५ :  आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक सिरिजमा नेपाल र क्यानडाबीचको खेल जारी छ । नेपालले क्यानडा सामू २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि रोहित पौडेलले शतक प्रहार गरे ।

मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले टस जित्दै फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । नेपालले निर्धारित ५० ओभरमा सम्पूर्ण विकेट गुमाएर २३५ रन बनाएको हो ।

नेपालको सुरुवात भने बिर्सनलायक रह्यो । नेपालले ओपनर आसिफ शेखलाई ४ रनमै गुमाउँदा दोस्रो विकेटका लागि ईशान पाण्डे शून्यमा आउट भए । अर्का ओपनर अर्जुन कुमालले ५३ बलमा २३ रनको ईनिङ्ग्स खेले पनि थप रन जोड्न सकेनन् । त्यसपछि भने नेपालले कमब्याक गरेको थियो । अर्को एन्डमा गुल्सनको साथ पाएका रोहितले एक दिवसीय क्रिकेटमा तेस्रो शतक प्रहार गरेका छन् । उनले १२५ बल खेलेर शतक बनाएका हुन् । खेलमा उनले कुल १२७ बल खेलेर एक सय १०१ रनमा आउट भए । गुल्सन झा ४८ बलमा क्याचआउट भए । बसिरको नाममा ३० रन रह्यो । क्यानडाका लागि अखिल कुमार र सुखजिन्दर सिंहले समान ३-३ विकेट लिएका थिए । यद्यपि, नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend