Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आयात र निर्यात दुवै बढ्यो


सूचना कुण्ड
आयात र निर्यात दुवै बढ्यो

काठमाडौं ,पुस ७ : भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा आयात तथा निर्यात दुवै बढेको छ ।

विभागले जारी गरेको मंसिरसम्मको तथ्यांकअनुसार ७ खर्ब ६६ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत वर्षको आर्थिक वर्षको सोही अवधिको भन्दा १५.८३ प्रतिशत बढी हो ।

यस्तै सोही अवधिमा १ खर्ब १६ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांक छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ५८.१७ प्रतिशत बढी हो । विभागका अनुसार फलामजन्य सामग्री कच्चा भटमासको तेल, डिजेल, पेट्रोल, एलपी ग्यास, स्मार्टफोन बढी आयात भएको छ ।

यस्तै नेपालबाट अन्य मुलुकहरूमा प्रशोधित भटमासको तेल, अलैँची, गलैँचा, सूर्यमुखीको तेल, जुटका कपडा, अन्य फेल्टका सामग्री, पाम तेललगायत वस्तु निर्यात भएको छ ।

नेपालबाट निर्यात हुनेभन्दा बढी मूल्यका वस्तु आयात हुँदै व्यापार घाटा बढ्दै गएको छ ।

विभागको तथ्यांकअनुसार ४६ अर्ब ९७ करोडको कच्चा भटमासको तेल आयात भएको छ । ४५ अर्ब ६० करोडको डिजेल आयात भएको छ । यस्तै २७ अर्ब ३३ करोड पेट्रोल आयात भएको छ । २२ अर्ब ३९ करोड खाना पकाउने ग्यास, २१ अर्ब ८४ करोड फलामज्नय सामग्री, १९ अर्ब १३ करोडको स्मार्टफोन बढी आयात भएको छ ।

यस्तै ४६ अर्बको सोयाविन तेल निर्यात भएको छ । ५ अर्ब ५३ करोडको अलैँची, ३ अर्ब ७३ करोडको सनफ्लावर तेल,  २ अर्ब ७३ करोडको जुटजन्य सामग्री, २ अर्ब ५८ करोडको गलैँचा निर्यात भएको छ


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend