Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एनपिएल : लुम्बिनीको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित


सूचना कुण्ड
एनपिएल : लुम्बिनीको विजयी सुरुआत, चितवन ६ विकेटले पराजित

काठमाडौँ, मङ्सिर ४ : लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार साँझ भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हरायो । 

जितका लागि एक सय ४३ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रन जोड्दै लक्ष्य पूरा गरेको हो । लुम्बिनीका लागि गुलवदिन नैवले सर्वाधिक ४४ रन बनाउनुभयो ।

२४ बलमा तीन चौका तीन छक्का हान्नुभएका गुलवदिन अविजित रहनुभयो । कप्तान रोहित पौडेलले ३९ रन बनाउनुभयो । उहाँले ४४ बलमा एक चौका हान्नुभएको थियो ।

यस्तै ओपनर सन्दीप जोराले २८, डार्की सर्टले ११ र दीलिप नाथले १० रन बनाउनुभयो । बलिङमा चितवनका रिजन ढकालले दुई तथा सोहिल तन्विरले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । 

चितवनका लागि रवि बोपराले अर्धसतकीय पालि खेल्नुभयो । सर्वाधिक ६६ रन बनाउनुभएका वोपराले ५५ बलमा चार चौका र तीन छक्का हान्नुभयो ।यस्तै कप्तान कुशल मल्लले २१, सैफ जैइफले १५, देव खनालले १४, ओपनर दीपक बोहराले १० र अर्जुन साउदले अविजित आठ रन बनाउनुभयो । 

बलिङमा लुम्बिनीका रुवेन ट्रम्पलम्यानले तीन विकेट लिनुभयो । अविशेष गौतम र गुलवादिन नैवले दुई दुई विकेट लिनुभयो ।एनपिएलमा पहिलो जितसँगै लुम्बिनीले दुई अङ्क बनाएको छ । दोस्रो खेलमा पहिलो हार खेपेको चितवनको पनि दुई अङ्क छ ।

यसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णालीलाई चार विकेटले हराएको थियो । एनपिएल अन्तर्गत शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच साँझ ४:०० बजे प्रतिस्पर्धा हुनेछ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend