Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एनपिएल : काठमान्डुमाथि सुदूरपश्चिमको रोमाञ्चक जित


सूचना कुण्ड
एनपिएल : काठमान्डुमाथि सुदूरपश्चिमको रोमाञ्चक जित

काठमाडौँ, मङ्सिर ३: साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले हरायो ।

जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरका सबै विकेटको क्षतिमा एक सय १८ रनमा समेटियो । दोस्रो सिजनमा सुखद सुरुवात गरेको सुदुरपश्चिमले पहिलो जितसँगै दुई अङ्क बनाएको छ । दुई खेलमा पहिलो हार खेपेको काठमान्डुको पनि दुई अङ्क छ । यसअघि उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । 

काठमान्डुका लागि आकाश त्रिपाठीले ३४ रन बनाउनुभयो । जोन सिम्पसनले २४, भिम सार्कीले १२, मिलिन्ड कुमारले ११ र सन्नी पटेलले १० रन बनाउनुभयो ।

काठमान्डुलाई निरास बनाउन बलिङमा सुदूरपश्चिमका हेमन्त धामी, हर्मित सिंह र स्कट कग्जेजिनले दुई दुई तथा इशान पाण्डे, नरेन साउद र अविनास बोहराले एक एक विकेट लिनुभयो । अलरान्ड प्रदर्शन गर्नुभएका हर्मित प्लेयर अफ दि म्याच हुनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो ।

पावरप्ले मै चार विकेट गुमाएको सुदूरुपश्चिमका लागि मध्यक्रमका ब्याट्सम्यान कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सुधार गर्नुभएको थियो । हर्मितले ५३ रनको अर्धसतकीय पालि खेल्नुभयो ।

उहाँले २० बलमा दुई चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउनुभयो । उहाँले तीस बलमा तीन चौका र एक छक्का हान्नुभयो ।

यस्तै आरिफ शेखले २५ र इसान पाण्डेले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्

पावरप्ले मै चार विकेट गुमाएको सुदूरुपश्चिमका लागि मध्यक्रमका ब्याट्सम्यान कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सुधार गर्नुभएको थियो । हर्मितले ५३ रनको अर्धसतकीय पालि खेल्नुभयो ।

उहाँले २० बलमा दुई चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउनुभयो । उहाँले तीस बलमा तीन चौका र एक छक्का हान्नुभयो ।यस्तै आरिफ शेखले २५ र इसान पाण्डेले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।एनपिएल अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोजबिच साँझ ४: ०० बजे प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend