Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एक रुपियाँले घट्यो डिजेल र मट्टितेलको मूल्य


सूचना कुण्ड
एक रुपियाँले घट्यो डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ, कात्तिक१५ :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगम सञ्चालक समितिको बैठकको  शुक्रबार को निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ। 

शुक्रबार  राति १ बजेदेखि लागू हुनेगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ।

निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.०३ र हवाई इन्धनमा प्रतिलिटर ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend