Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

एपीएफ अस्पतालमा डायलासिस सेवा सुरु   


सूचना कुण्ड
एपीएफ अस्पतालमा डायलासिस सेवा सुरु   

     
   सूचनाकुण्ड समाचारदाता,     

काठमाडौँ,  वैशाख२७ :   
नेपाल एपीएफ अस्पताल बलम्बुमा आजदेखि मिर्गौलाको डायलासिस सेवा सुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा थप गरिएको डायलासिस सेवाकोे शुरुआत गर्नुभयो ।    
    
सोही अवसरमा महानिरीक्षक अर्यालले नेपाल सरकारले जनस्वास्थ्यप्रति चासो राख्दै डायलाइसिस र मिर्गाैला प्रत्यारोपणमा सहयोग उपलब्ध गराउने निर्णय भएपछि सुरु भएको डायलाइसिस सेवाले नेपाल एपीएफ अस्पतालको विस्तार र विविधिकरणमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।    
    
उहाँले नेपाल एपीएफ अस्पताललमा आइसियु तथा भेन्टिलेटरको सुविधा रहे पनि आपत्कालीन अवस्थामा बिरामीलाई डायलाइसिस सेवा दिनुपर्दा अन्य अस्पताल लैजानुपर्ने र विरामीको स्वास्थ्यमा जोखिम उठाउनुपर्ने बाध्यतालाई निराकरण गर्न यो सेवा प्रभावकारी एवं फलदायी रहनेसमेत बताउनुभयो ।    
     
महानिरीक्षक अर्यालले अस्पतालमा डायलासिस सेवा विस्तारले सशस्त्र प्रहरी कर्मचारी, आश्रित परिवारजन, अमर सशस्त्र प्रहरीका परिवारजन, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं परिवारजन, स्थानीयवासीलगायत आम सर्वसाधारण तथा विपन्न नागरिकले पनि सेवा पाउने बताउनुहँुदै नेपाल एपीएफ अस्पतालले कसैप्रति आग्रह पूर्वाग्रह नराखी कसैलाई पक्षपात नगरी उत्कृष्ट सेवा प्रदान गरी आम नागरिकको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।    
    
उहाँले नेपाल एपीएफ अस्पतालको सेवा विस्तार कार्यमा सङ्गठनलाई प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा सहयोग पु¥याउनुहुने सङ्घीय प्रादेशिक तथा स्थानीय निकाय साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घ संस्थालगायत सरोकारवाला निकायलाई धन्यवाद दिनुभयो ।    
    
नेपाल एपीएफ अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी नायब महानिरीक्षक डा रुपक महर्जनले नेपाल एपीएफ अस्पतालमा हाल छ शय्या क्षमताको डायलासिस सेवा सञ्चालनमा ल्याई आगामी दिनमा अन्य सेवा सुविधासमेत विस्तार गर्दैै लगिने बताउनुभयो । डायलासिस सेवा सञ्चालनको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागबाट चार थान र सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट एक थान डायलासिस मेसिन प्राप्त भएको जनाइएको छ ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend