Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बस र इभी एकआपसमा ठोक्किँदा ७ को मृत्यु, १८ जना घाइते


सूचना कुण्ड
बस र इभी एकआपसमा ठोक्किँदा ७ को मृत्यु, १८ जना घाइते

चितवन, असार ७ : पूर्व पश्चिम राजमार्गकाे चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित डडुवामा  धनगढीबाट काँकडभिट्टातर्फ  जाँदै गरेको प्रदेश १–०१–००१ ख. ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आइरहेको बागमती प्रदेश ०३–००१ज. २९९ नम्बरको  इभी  गाडी ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा मकवानपुर हटिया ३ बस्ने वर्ष ५५ को सोम प्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ बस्ने वर्ष ५३ का मैंयाकुमारी न्यौपाने पहाडी छन् । यस्तै, मृत्यु हुने ५ जनाको सनाखत हुन सकेको छैन । मृत्यु हुनेमा गर्भवती महिला पनि छन् ।

यस्तै , घाइतेहुनेहरूमा  मकवानपुर हेटौँडा उपमहानगरपालिका ३ बस्ने वर्ष १६ को सक्षम थापा, मकवानपुर हेटौँडा उपमहानगरपालिका १२ बस्ने वर्ष ३२ को सिंहबिर घलान, मकवानपुर हेटौँडा उपमहानगरपालिका ४ बस्ने वर्ष  ३१ को विष्णु लम्साल, मकवानपुर हेटौँडा उउपमहानगरपालिका ८  बस्ने वर्ष ३४ की गङ्गा घलान  छन ।

यस्तै, झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल,  झापा गौरादह नगरपालिका ९ बस्ने बस्ने वर्ष अन्दाजी ६७ को उमा बराल,  कञ्चनपुर बेलौरी  नगरपालिका ४ बस्ने वर्ष  ४८ को वीरबहादुर जैसी,  रुकुम पश्चिम आठबिस्कोट  नगरपालिका ९ बस्ने वर्ष ३० को सन्देश ओली छन् ।

दुर्घटनामा  परी घाइते भएका  १८ जनाको अहिले चितवनका  विभिन्न अस्पतालमा  उपचार भइरेहको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend