काठमाडौँ, जेठ २५ : नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उक्त शल्यक्रिया गरेको हो।
अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।'विदेशी प्लाष्टिक सर्जन डा अलरिजा हामीदियान जारोमीको नेतृत्वमा तथा प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो।
