Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 दुध किसानको रकम चाडैं भुक्तानी गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड


सूचना कुण्ड
 दुध किसानको रकम चाडैं भुक्तानी गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

 

हेटौंडा जेठ १८  :  कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानलाई दुधको रकम भुक्तानीका लागि विभिन्न प्रयास भैरहेको वताउनुभएको ।

विश्व दुध दिवसका अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसका अवसरमा ”दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं ” नाराका साथ आज हेटौंडामा आयोजना गरिएको कार्यक्रममा मन्त्री अधिकारीले सरकारी संस्थान र नीजि डेरीहरुले चाडै किसानको भुक्तानी गर्नुपर्नेमा जोड दिनुभयो ।

असार मसान्त सम्ममा एक महिनाको वाँकी राखेर भए पनि दुग्द्य किसानको रकम भुक्तानी गर्न म आग्रह गर्दछु मन्त्री अधिकारीले, भन्नुभयो । किसानको रकम तिर्नका लागि वार्षिक ३÷४ करोड पनि सहयोग हुन्छ भनी दुग्द्य विकास संस्थानका कर्मचारीहरुले लिदै आएको सुविधा हाललाई कटौती गर्न वाध्य भएको मन्त्री अधिकारीले, वताउनुभयो । जव सम्म किसान खुसी हुदैनन किसानको बाँकी रकम दिन सकिदै तव सम्म हामीले काम गरेको देखिदैन ,यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ भनेर इमान्दारीताका साथ काम गरिएको मन्त्री अधिकारीले उल्लेख गर्नुभयो ।

चीन लगायतका मुलुकमा दुग्द्य पदार्थ निर्यातका लागि मन्त्रालयले गृहकार्य गरिहेको र चाडैं त्यस कार्यमा सफलता प्राप्त हुने आशा पनि उहाँले व्यक्त गर्नूभयो । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जीविकोपार्जनमा पु¥याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओले) सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो । आम जनताबीच दूधको उपभोग गर्न चेतना फैलाउने उद्देश्यले नेपालमा पनि सन् २०११ देखि विश्व दूध दिवस मनाउन थालिएको हो ।

दैनिक गुणस्तरीय दूध पिउन चेतना जगाउने, पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धि गर्न प्रचार–प्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न चेतना जगाउने र दूध तथा दुग्ध पदार्थको उपभोगमा सबैको पहुँच पु¥याउन पहल गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend