Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गोरखा र धादिङ जोड्ने बुढी गण्डकी नदीमाथि पुल निर्माण


सूचना कुण्ड
गोरखा र धादिङ जोड्ने बुढी गण्डकी नदीमाथि पुल निर्माण

गोरखा , जेठ १७ :   गोरखाको भिमसेन थापा गाउँपालिका ७ र ८ बोर्लाङ र धादिङको त्रिपुरासुन्दरीको सल्यानटार–३ जोड्ने बुढी गण्डकी नदीमाथिको १२० मिटर लामो झाेलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। उक्त पुल निर्माण योजना सम्पन्न गर्नुपर्ने मिति भन्दा दुई महिना अगावै सम्पन्न भएको हो। 

दुई जिल्लाको मुख्य केन्द्रविन्दु बोर्लाङ, घाटबेँसी र सल्यानटारका सयौं स्थानीय खुसी भएका छन्। पुल निर्माण नहुनञ्जेल फलेकले बारेको जोखिम रहेको पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता हुँदा घाटबेँसीका स्थानीयलाई हैरानी नै भएको घाटबेँसीको स्थानीय भिमनारायण श्रेष्ठले बताउनुभयो। 

पुल निर्माण हुनु भन्दा अघि सयौं स्थानीयलाई जोखिम थियो, गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले भन्नुभयो, ‘दुबै पट्टी बार नभएको, बिचमा कतै फलेक नभएको पुलबाट यात्रा गर्दा एक पटक विचार गरेर मात्र यात्रा गर्नुपर्ने अवस्था भएकाले स्थानीय र जनप्रतिनिधिको पहलमा प्रदेश सरकारबाट बजेट माग गरी पुल निर्माण गरिएको उहाँले बताउनुभयो।’ 

पुल निर्माणका लागि नवदुर्गा निर्माण सेवा कम्पनीसँग ३३ लाख ७९ हजार ४६ रुपियाँ बजेट लागतमा पुल निर्माण भएको हो। झलुङगे पुल निर्माणसँगै घाटबेँसी र सल्यानटार आवतजावतसँगै त्यहाँका स्थानीय रूपमा उत्पादन भएका उपभोग्य सामग्री बिक्री वितरण गरी आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ। 

पूर्वाधार कार्यालय गोरखाको बजेटमा २०८१ चैत १२ गते सम्झौता भई २०८२ साउन मसान्तसम्म सम्पन्न गर्नुपर्ने पर्ने सम्झौता उल्लेख भएता पनि निर्माण कम्पनीले दुई महिना अगावै जेठ महिना मै निर्माण सम्पन्न गरेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो। 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend