Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काठमाडौंमा निषेधित क्षेत्र थपियो


सूचना कुण्ड
काठमाडौंमा निषेधित क्षेत्र थपियो

काठमाडौं जेठ १६ :  जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट सो आदेश जारी भएको हो । 
 
‘स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्ला सुरक्षा समिति काठमाडौको सिफारिस समेतका आधारमा मिति २०८२/०१/२४ गतेको सूचना बमोजिमको निषेधित क्षेत्रका अतिरिक्त देहायको क्षेत्रमा मिति २०८२/०२/१७ गतेदेखि लागु हुने गरी’ निषेधित क्षेत्र थपिएको हो ।

यी क्षेत्रमा ०८२/०३/२४ गते सम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेशमा उल्लेख छ । 

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार यी क्षेत्र निषेधित क्षेत्रमा थपिएका हुन् । 

–नारायणहिटी दरबार क्षेत्र (केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म, 
–महेन्द्र सालिक हुँदै नारायणहिटी दरबार संग्रहालय दक्षिण गेटसम्म ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend