Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्से स्थिर, पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट


सूचना कुण्ड
नेप्से स्थिर, पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, जेठ १३ : धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । यस दिन बजार ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा बन्द भएको हो ।

मंगलबार कारोबार रकम भने घटेको छ । ६ अर्ब ५३ करोड ७८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार सात अर्ब ५८ करोड ५० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । 

कर्पाेरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स ग्रिन डेभलपमेन्ट बैंक र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.०९ प्रतिशतले घटेको छ । यस दिन ८५ कम्पनीको सेयर मूल्य बढेको छ । १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा आएका १३ मध्ये ६ समूहको परिसूचक बढेको छ ।कर्पोरेट डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रीन डेभलपमेन्ट बैंक र भूगोल इनर्जीको मूल्य १० प्रतिशतका दरले बढेको छ भने पियोर इनर्जीको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

गुराँस लघुवित्तको मूल्य सर्वाधिक ८.०१ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ४५० रूपैयाँमा झरेको छ।

यसैगरी, उपकार लघुवित्तको मूल्य ६.३७ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य तीन हजार रूपैयाँ पाँच सय रूपैयाँ कायम भएको छ। 

मंगलबार युनिभर्सल पावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता ४५८ रूपैयाँमा ६३ करोड ५८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ७.११ प्रतिशत बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा राधी विद्युत रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७९२ रूपैयाँमा ४७ करोड ३२ लाख बराबरको सेयर कारोबार भएको छ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ। 

यसदिन विकास बैंक समूहको परिसूचक सर्वाधिक १.७६ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend