Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

२७ सय विन्दुको प्रतिरोध परीक्षण गर्दै नेप्से


सूचना कुण्ड
२७ सय विन्दुको प्रतिरोध परीक्षण गर्दै नेप्से

काठमाडौं जेठ १२ :  धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आज ५.२१ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २७४५ विन्दुसम्म पुगेको थियो । तर, अन्तिममा बजार घटेर २६७४.७६ विन्दुमा बन्द भएको छ ।

२७ सय विन्दु पार गरेको आज मात्र होइन । गएका चार कारोबार दिनदेखि नै बजारले २७ सय विन्दु पार गरेको छ । तर, यो विन्दुमाथि बजार टिक्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएकाले आज सोमबार बजारमा केही सकारात्मक प्रभाव पर्ने आकलन थियो ।

तर, बजार खुलेको केही मिनेट मात्र उच्च अंकले बढेको थियो । राष्ट्र बैंकको सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कामय गरेको छ ।आज कारोबारमा आएका १३ मध्ये वाणिज्य बैंकिङ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ । १५५ कम्पनीको सेयर मूल्य घटेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य आज ९.९९ प्रतिशतले बढेको छ ।गुराँस लघुवित्त वित्तीय संस्थको सेयर मूल्य १० प्रतिशतले घटेको छ । आज सात अर्ब ५८ करोड ५० लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend