काठमाडौँ, जेठ ११ ः सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेतृत्वबीच आज बालुवाटारमा भेटवार्ता भएको छ ।
सो छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमा सहभागी वरिष्ठ मन्त्रीहरु सहित ती दुवै पार्टीका नेता सहभागी हुनुहुन्छ ।
