Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

यसरी ठोक्किएका थिए गौशालामा एकैपटक आठ सवारी, चालक अझै फरार


सूचना कुण्ड
यसरी ठोक्किएका थिए गौशालामा एकैपटक आठ सवारी, चालक अझै फरार

काठमाडौं  जेठ ७ :    गौशालामा एकैसाथ आठवटा सवारीसाधन एकआपसमा ठोक्किएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर अन्य सवारीसाधनलाई ठक्कर दिँदा सवारीसाधन ठोक्किएका हुन् ।

उक्त दुर्घटनामा परी तीनजना घाइते भएका छन् । घाइतेहरूको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।दुर्घटनामा जिल्ला धादिङ ज्वालामुखी गाँउपालिका–१ का राजकुमार श्रेष्ठ, नुवाकोट टाडी गाँउपालिका–२ का विकास कट्टेल र खोटाङको हलेसीका शैलेन्द्र राई घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य छ । 

बसको ठक्करबाट सुरु भएको दुर्घटनामा स्कुटरदेखि मोटरसाइकल र कारसमेत क्षति भएका छन् । एसपी बोहराका अनुसार बा५ख ७३१ नम्बरको हायस गाडी, बा.प्र–०१–०२६ च ८५७६ नम्बरको कार, बीएसी ९७७३ को अर्को कार ठोक्किएका थिए । 

यसरी नै बा१६च ४४५२ नम्बरको कार, प्र–२–०१–००३प १००५ नम्बरको मोटरसाइकल, बा५१प २२ नम्बरको मोटरसाइकल र बाप्र–०२–०४६प ४८१९ नम्बरको स्कुटर पनि ठोक्किएका हुन् ।

प्रहरीका अनुसार दुर्घटना बिहान १० बजेर ५५ मिनेटमा भएको थियो । तर, चालक अझै फरार छन् । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend