Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

यस वर्षको मनसुनमा धेरै वर्षा र बढी गर्मी हुने : जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण


सूचना कुण्ड
यस वर्षको मनसुनमा धेरै वर्षा र बढी गर्मी हुने : जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण

काठमाडौं, जेठ ७ : आज आयोजित राष्ट्रिय मनसुन फोरम मार्फत जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ( जेठ १८ देखि असोज १४ सम्म) मा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी पानी पर्ने संभावना रहेको जनाएको छ । कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशको अधिकांश भूभाग बर्षाबाट बढी प्रभावित हुन सक्ने पनि उल्लेख गरेको छ ।

विभागले गरेको प्रक्षेपण अनुसार यी भूभागमा सरदर भन्दा बढी वर्षा हुने संभावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको छ भने सुदुरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तरपूर्वी भूभाग,  बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदर भन्दा बढी वर्षा हुने संभावना ४५ देखि ५५ प्रतिशत रहेको छ । त्यसै गरी मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने संभावना ३५ देखि ४५ प्रतिशत रहेको छ भने देशका बाँकी भूभागममा सरदर भन्दा बढी वर्षा हुने संभावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

Mausam 1.jpg

त्यसैगरी, विभागले देशभरको अधिकतम तापक्रम पनि सरदर भन्दा बढी हुने प्रक्षेपण गरेको छ ।    

विभागले गरेको प्रक्षेपण अनुसार सुदुपश्चिम प्रदेशको उत्तरपूर्वी भूभाग कर्णाली प्रदेशको उत्तरी भूभाग, लुम्बिनि प्रदेशको उत्तरी भूभाग, गण्डकी प्रदेशको पश्चिमी भूभाग, मधेश प्रदेशको पश्चिमि भूभाग र बागमती प्रदेशको मध्य भूभागमा सरदर भन्दा बढी अधिकतम तापक्रम रहने संभावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।मधेश प्रदेशको पूर्वी भूभाग र गण्डकी प्रदेशको मध्य भूभागमा सरदर भन्दा बढी रहने संभावना ३५ देखि ४५ प्रतिशत रहेको छ र देशका बाँकी भूभागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने संभावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

Mausam 2.jpg

गत वर्ष २०८१ को मनसुन ऋतुको लागि यस विभागले गरेको आँकलन अनुसार देशका अधिकाँश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने संभावना रहेकोमा आँकलन अनुसार नै अधिकाँश स्थानहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको थियो । अधिकतम तापक्रम तथा न्यूनतम तापक्रमको  आँकलन अनुसार देशका अधिकांश स्थानमा तापक्रम सरदर भन्दा बढी हुने संभावना रहेकोमा आँकलन अनुसार नै अधिकाँश स्थानहरमा सरदर भन्दा बढी अधिकतम तथा न्यूनतम तापक्रम मापन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend