Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्र बैंकका गभर्नर नियुक्ति हुने सम्भावना बढेपछि नेप्से परिसूचकमा ४९.०९ अंकको वृद्धि


सूचना कुण्ड
राष्ट्र बैंकका गभर्नर नियुक्ति हुने सम्भावना बढेपछि नेप्से परिसूचकमा ४९.०९ अंकको वृद्धि

काठमाडौं, जेठ ६ः राष्ट्र बैंकका गभर्नर नियुक्ति हुने सम्भावना बढेपछि नेप्से परिसूचक बढेर बन्द भएको छ।

सत्ता साझेदार नेपाली कांग्रेस र एमाले नेतृत्वबीच मंगलबार बिहान छलफलमा भएको सहमती अनुसार दिउँसो गभर्नर नियुक्त सिफारिस समितिको बैठक बसेको छ । आज नै मन्त्रीपरिषदको बैठकले गभर्नर नियुक्ती गर्ने समाचारपछि बढ्न थालेको नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा बन्द भएको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ८.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंक बढेको छ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने ४ करोड रूपैयाँ कमी आएको छ । सोमबार सात अर्ब ३५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा मंगलबार सात अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ। 

यस दिन सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगाश्री र राप्ति हाइड्रोको फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, बाराही हाइड्रोपावरको मूल्य सर्वाधिक ७.३९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार १०१ रूपैयाँ ६० पैसामा र विन नेपाल लघुवित्तको मूल्य ३.१९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ३६६ रूपैयाँ कायम भएको छ। 

कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन ङादी ग्रुप पावरको करिब ३७ करोडको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको साढे ३१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक उपसमूहको परिसूचक २ दशमलब ९५ प्रतिशतले बढेको छ भने वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend