Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

गएराति मकवानपुरको मार्खुमा ६ घन्टामै २०२.६ मिलिमिटर वर्षा


सूचना कुण्ड
गएराति मकवानपुरको मार्खुमा  ६ घन्टामै २०२.६ मिलिमिटर वर्षा

काठमाडौं, जेठ ६ :मकवानपुरको मार्खुमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले अद्यावधिक गरेको तथ्यांकअनुसार तहाँ पछिल्लो ६ घन्टामै २०२.६ मिलिमिटर वर्षा भएको छ।

पछिल्लो २४ घन्टामा देशैभर वर्षा भएको छ। तनहुको बन्दीपुरमा ९६ मिलिमिटर वर्षा मापन भएको छ। तनहुँकै विमलनगरमा ८३.८ त्यस्तै सिन्धुपाल्चोकको मानेखर्कमा ७७, काठमाडौंको कीर्तिपुरमा ४५, कास्की लामापाटमा ४०.८, लमजुङको कुञ्चामा ५३, गोरखाको बारपाकमा ६१.६, गोरखाकै आरूघाटमा ७२.२ मिलिमिटर वर्षा भएको छ।

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend