Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


सूचना कुण्ड
दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं ,जेठ ५  : धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १९.३० अंकले बढेर बन्द भएको छ । यसदिन नेप्से परिसूचक ०.७४ प्रतिशतले बढेर २६२८.३६ विन्दुमा बन्द भएको छ ।

सोमबार सात अर्ब ३५ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । १८५ कम्पनीको सेयर मूल्य बढेको छ । ६० कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल (बालाजु) र राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सिन्धु विकास बैंक र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक १.२४ प्रतिशतले घटेको छ । यस दिन परिसूचक सर्वाधिक बढ्नेमा विकास बैंक समूह छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend