Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नार्क सुधारका लागि प्राडा पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुर्नसरचना सुझाव समिति गठन


सूचना कुण्ड
नार्क सुधारका लागि प्राडा पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुर्नसरचना सुझाव समिति गठन


काठमाडौं,जेठ ५ :  सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को पुनर्सरचनाका लागि प्रा.डा.गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुर्नसरचना सुझाव समिति गठन गरेको छ ।

समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.ईश्वरी कडरीया र डा.यज्ञ गजाधर खड्का सदस्य रहनु भएको छ ।उच्चस्तरीय समितिका पदाधिकारीहरुलाई पत्र हस्तान्तरण गर्नुहुदै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समय सापेक्षरुपमा सुधार गर्न उच्च स्तरीय समितिले उपयुक्त प्रस्ताव पेश गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।

समितिलाई ९० दिनको कार्यअवधी दिएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्र्दभमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । विगतमा भएका अध्ययनहरुले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्सरचना गर्नुपर्ने सुझाव दिएका थिए ।

Nark 2.jpg

सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रीपरिषदको हालै वसेको वैठकले स्वीकृती दिएको थियो । उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यस अन्र्तगतका ऐन, नियम ,नीति लगायत कानुनी दस्तावेज तथा प्रतिवेदनहरुको समीक्षा गर्ने ,अन्य देशहरुमा यस सम्वन्धी भए गरेका असल अभ्यासहरुको अध्ययन गर्ने , संघीयताको भावना र मर्म अनुरुप समयसापेक्ष रुपमा नार्कलाई रुपान्तरण गर्न , वैज्ञानिकहरुको दीर्घकालीन संलग्ता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्ने लगायतका कार्यक्षेत्र तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend