Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रहरीका असई शेर्पा सगरमाथाको चुचुरोमा


सूचना कुण्ड
प्रहरीका असई शेर्पा सगरमाथाको चुचुरोमा

काठमाडौँ, जेठ ५ : नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । महिला प्रहरीको नेतृत्व गर्दै उहाँले पहिलो पटक सगरमाथाको आरोहण गरी प्रहरीमा नयाँ इतिहास कायम गर्नुभएको छ । 

सोमबार बिहान ८ः५६ बजे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेको प्रहरी महानिरीक्षक दीपक थापाको सचिवालयले जनाएको छ । महानिरीक्षक थापाले सामाजिक सञ्जाल मार्फत  बधाई समेत दिनुभएको छ ।

 

उहाँको यस उपलब्धिप्रति नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा तथा सम्पूर्ण प्रहरी परिवारले बधाई दिनुभएको छ । सोलुखुम्बु घर भएका शेर्पा हाल नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरोमा कार्यरत हुनुहुन्छ । चैत २५ गते प्रधान कार्यालयमा आयोजित एक विशेष कार्यक्रमबिच आइजिपी थापाले उहाँलाई लैङ्गिक हिंसाविरुद्धको सन्देशसहितको ब्यानर हस्तान्तरण गर्दै बिदाइ गर्नुभएको थियो ।

उहाँको साहस, समर्पण र उद्देश्यप्रति सम्मान प्रकट गर्दै प्रहरी सङ्गठनले विश्वास व्यक्त गरेको थियो । उहाँ सगरमाथा शिखर चुमेसँगै नेपाल प्रहरीको गौरव थप बढाएको सङ्गठनले जनाएको छ । 

अघिल्लो वर्ष नेपाल प्रहरीकै वरिष्ठ सई पुरुषोत्तम नेपालीले इन्टरपोल एक सय वर्ष पुगेको अवसरमा सगरमाथाको आरोहण गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend