Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सशस्त्र प्रहरीका असई छत्यालव्दारा सगरमाथा आरोहण


सूचना कुण्ड
सशस्त्र प्रहरीका असई छत्यालव्दारा सगरमाथा आरोहण

काठमाडौं, जेठ ४ :सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।

आइतबार बिहान ९:२० बजे उनले ८ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएको सगरमाथा बेशक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए। छन्त्यालसँगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गरेका छन्।

जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना भएको ‘सगरमाथा संवाद’ कार्यक्रमको सन्देशलाई विश्वमाझ प्रबर्द्धन गर्ने उद्देश्यले सद्भावना दूतको रूपमा उनले सगरमाथा आरोहण गरेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

सहायक निरीक्षक छत्यालले वैशाख २२ गते ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए।सगरमाथा आरोहण लागि उनी वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

उनलाई वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक विदाई गरेका थिए। सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय उच्च भुभाग विपद् उपशाखामा कार्यरत छन्।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend