Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रधानमन्त्री केपी शर्मा ओली र जापानका परराष्ट्र उपमन्त्री इक्युुना आकिको बीच शिष्टाचार भेट


सूचना कुण्ड
प्रधानमन्त्री केपी शर्मा ओली र जापानका परराष्ट्र उपमन्त्री इक्युुना आकिको बीच  शिष्टाचार भेट

काठमाडौँ  जेठ ३ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सगरमाथा संवादका लागि नेपालमा रहनुुभएका जापानका परराष्ट्र उपमन्त्री इक्युुना आकिकोले आज शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधाननमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापनबीच समस्यारहित मैत्री सम्बन्ध रहेको उल्लेख गर्दै जलवायुु परिवर्तन अहिलेको समयको एक जल्दोबल्दो समस्या भएकाले सगरमाथा संवादमा जापान सरकारको नेतृत्व गरेर सहभागी भएकामा उपमन्त्री इक्युुनालाई धन्यवाद दिनुुभयो ।

प्रधानमन्त्री ओलीले अनुुकूूल पूर्वाधार निर्माण, वातावरणी दिगोपना र विपद् जोखिम न्यूूनीकरणमा जापानी अनुुभव आफूहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उपमन्त्री इक्युुनाले आर्थिक विकास, शिक्षा, मानवीय स्रोत र वातावरण एवं संस्कृति संरक्षणमा जापानबाट हुँदै बहुुपक्षीय र प्राविधिक सहयोग निरन्तर रहने बताउनुुभयो । भेटका अवसरमा नेपालका लागि जापानी राजदूत माइदा तोरु, पराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुुहुुन्थ्यो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend