काठमाडौँ, जेठ २ : चन्द्रागिरि नगरपालिका, जनस्वास्थ्य शाखाव्दारा नेपाल नेत्रज्योति संघव्दारा सञ्चालित कीर्तिपुर आँखा अस्पताल तथा अध्ययनकेन्द्रको सहकार्यका चन्द्रागिरि १ सुवेदीगाउँस्थित शहरी स्वास्थ्य केन्द्र दहचोकमा निः शुल्क आँखा परीक्षण तथा मोतिविन्दु भएका विरामीहरुको छनौट शिविर आज आयोजना गरिएको छ ।
शिविरमा विरामीको आँखा जाँच पश्चात् निः शुल्क औषधि वितरण गरिनुका साथै आँखाजाँचका क्रममा मोतियाविन्दु पहिचान भएका विरामीलाई कीर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रमा शल्यक्रियाको व्यवस्था गरिने जनाइएको छ ।
शिविरको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा चन्द्रागिरि १ का वडाध्यक्ष हरिश्याम रानामगर,चन्द्रागिरि १ का वडा सदस्य केशव गिरी, चन्द्रागिरि नगरपालिका, जनस्वास्थ्य शाखा प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भुकुमार महतो, वरिष्ठ नर्सिङ अधिकृत विष्णुमाया रिजाल लगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा नगरप्रमुख गिरीले शहरी स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सनटेटर हस्तान्तरण समेत गर्नुभएको थियो ।
