Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

लगातार पाचौं दिन नेप्से परिसुचक घटेर बन्द ः कारोबार रकम पनि घट्यो


सूचना कुण्ड
लगातार पाचौं दिन नेप्से परिसुचक घटेर बन्द ः कारोबार रकम पनि घट्यो

काठमाडौं, जेठ १: साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचक घटेर नै बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ८.४१ अंक घटेर २६११.८५ विन्दुमा झरेको छ।

योसहित लगातार पाँचौ दिन बजार घटेको हो । ८२ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने एउटाको स्थिर रह्यो

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।

अघिल्लो दिन ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोडको भयो । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै ४.९१ प्रतिशत बढेको छ । धेरै कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल, राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप र सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे । सोल्टी होटलको यस दिन ४६ करोड १९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको ४४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको करिब साढे ३३ करोडको शेयर किनबेच भएको छ।

आज विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.१२ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ९.६२, बाराही हाइड्रोपावरको ८.९४, सोल्टी होटलको ८.०५, नेपाल माइक्रोइन्स्योरेन्सको ५.२४ प्रतिशत मूल्य बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ८.६५, जोशी हाइड्रोपावरको ७.०६, ग्रिन डेभलपमेन्ट बैंकको ५.९८, सिन्धु विकास बैंकको ५.६९ प्रतिशत मूल्य घट्यो ।

 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend