Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता दुई बालिकाको खोजी जारी


सूचना कुण्ड
त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता दुई बालिकाको खोजी जारी

काठमाडौं, वैशाख ३१ :  त्रिशुली नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालबालिकाको खोजीकार्यका लागि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।

नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिरस्थित त्रिशुली नदीमा नुहाउने क्रममा ११ वर्षीय जेनी डंगोल र ११ वर्षीय सदिक्षा राई  बैशाख ३० गते साँझ  बेपत्ता भएको बताइएको छ ।

सो लगत्तै उनीहरुको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङ्गको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको जानकारी सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिनुभयो । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend