Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ९ अर्बमा सीमित


सूचना कुण्ड
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ९ अर्बमा सीमित

काठमाडौं ,वैशाख ३० : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबारको कारोबारमा पनि घटेको छ । मंगलबार परिसूचक १४.८७ अंकले घट्दै २,६३४.२३ विन्दुमा झरेको हो ।

सूचक ०.५६ प्रतिशतले घट्दा कुल कारोबार रकम नौ अर्ब ६३ करोड ४८ लाख रुपैयाँभन्दा बढी भएको छ । यसदिन दुई करोड १२ लाख ८२ हजार २३१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा रहेका कम्पनीमध्ये ७७ कम्पनीको मूल्य बढेको छ । १६८ कम्पनीको घटेको र एक कम्पनीको मूल्य स्थिर देखिएको छ ।

नेप्सेमा क्रेष्ट इनर्जी र ओम मेगा इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । क्रेष्टको अन्तिम मूल्य दुई हजार २३४.८० रुपैयाँ पुगेको छ भने ओम मेगाको मूल्य ५२५.९० रुपैयाँमा पुगेको छ ।

जोशी हाइड्रोपावरको सेयर मूल्य २८.२० रुपैयाँ अर्थात् ६.७३ प्रतिशत वृद्धि भई ४४७ पुगेको छ । उन्नति सहकार्य लघुवित्त ५.८५ प्रतिशतले बढेर दुई हजारमा कारोबार भएको छ । लुम्बिनी विकास बैंकको मूल्य पनि ४.२६ प्रतिशतले बढेर ४६१ पुगेको छ ।

टर्नओभरका हिसाबले युनिभर्सल पावर अग्रस्थानमा रह्यो । यस कम्पनीको सेयरमा ६ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो ।

उच्च कारोबार भएका कम्पनीहरूमा ङादी, नेपाल माइक्रो फाइनान्स, सानिमा माई हाइड्रो र राधी विद्युत् लगायत कम्पनी रहेका छन् । यी कम्पनीहरूको कारोबार क्रमशः पाँच करोड २९ लाख, पाँच करोड १२ लाख, चार करोड ७१ लाख र चार करोड ६२ लाख रहेको छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend