Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 प्रधानमन्त्री  बुद्धजयन्तीको कार्यक्रममा


सूचना कुण्ड
 प्रधानमन्त्री  बुद्धजयन्तीको कार्यक्रममा

लुम्बिनी,  वैशाख २९:  प्रधानमन्त्री केपी शर्मा ओली पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओलीलाई लम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहित सङ्घीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम रहेकोे छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend