Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रदीप नेपाल खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल


सूचना कुण्ड
प्रदीप नेपाल खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल

काठमाडौँ, वैशाख २६ :  राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा बामपन्थी नेता प्रदीप नेपालको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाउनुभएको छ ।

राष्ट्रपति पौडेलले समवेदना पठाउँदै नेपाललाई भिन्न मतहरूलाई प्रष्ट ढङ्गले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिष्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक प्रदीप नेपाल सम्मानको अपेक्षा नगर्ने शालिन विद्रोही भएर पनि संयोजनकारी भूमिकामा अब्बल नेताका रूपमा आफूले महसुस गरेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले राजनीतिमा भन्दा अगाडि नै सञ्जय थापाका नामबाट प्रगतिशील साहित्यका क्षेत्रमा पहिचान बनाइसक्नुभएका नेपाललाई विचारभन्दा सिर्जनालाई प्राथमिकता दिने उहाँ एक इमानदार र निष्ठानवान बामपन्थी भएको बताउनुभयो ।

राष्ट्रपति पौडेलले समवेदनामा भन्नुभएको छ, ‘‘उहाँका ‘नओइलाउने फूल’ (उपन्यास), ‘आकाश गङ्गाको तीरैतिर’ (उपन्यास), ‘देउमाईको किनार’ (उपन्यास), ‘पूर्वतिर’ (उपन्यास), ‘मुक्त आकाशको खोजी’ (संस्मरण) सहितका सृजनाहरू भावी पुस्ताका लागि मार्गदर्शक भएर रहने मैले विश्वास लिएको छु ।’’  

राष्ट्रपति पौडेलले उहाँको निधनले लोकतान्त्रिक आन्दोलन तथा नेपाली साहित्यको क्षेत्रमा क्षति पुगेको आफूले महसुस गरेको उल्लेख गर्नुभएको छ । राष्ट्रपति पौडेलले पठाउनुभएको समवेदना सन्देश शुक्रबार नेपालको निवास काडाँघारी पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले हस्तान्तरण गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend