काठमाडौँ, वैशाख २५ : गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि यही वैशाख २७ गतेसम्म बन्द हुने भएको छ । सडक निर्माण कम्पनी बी एस पी जयश्री महालक्ष्मी जेभीले सडकको असीपौवा खोलादेखि देउराली भन्ज्याङ चेनेज २+९०० देखी चेनेज ३+७१० र चेनेज ६+००० देखी ८+५०० सम्म कालोपत्रे गर्न लागिएको जनाउँदै सो सडकखण्ड पूर्ण रुपमा बन्द गरी निर्माण कार्य अगाडि बढाइने चन्द्रागिरि नगरपालिका वडा नं ४ ले जनाएको छ ।
वडा कार्यालयद्वारा आज जारी गरिएको सूचनामा उक्त सडक खण्ड प्रयोग गरी आवत जावत गरिने सवारी साधन प्रयोगकर्ताहरुलाई निर्धारित समय अवधिभर वैकल्पिक सडक प्रयोग गर्नका लागि अनुरोध गरिएको छ ।
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरीको विशेष आग्रहमा अर्थ मन्त्रालयले २०८० माघ १२ गते गणेशमान मार्गलाई तत्काल स्तरोन्नति गर्न रु आठ करोड विनियोजन गरेको थियो ।
