काठमाडौं, वैशाख २५ : धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घटेर कारोबार बन्द भएको छ । बुधबारको उच्च वृद्धिको नेप्से परिसूचक यस दिन १२.६० विन्दुले घटेर २६६१.०८ आएको छ । आज ११ अर्ब ६५ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
पाँच वटा कम्पनी सकारात्क सर्किट लेबलमा कारोबार भएका छन् । नेप्से सूचक घटे पनि कारोबार रकममा बृद्धि भएको छ । कारोबार बढेकाले बजारमा लगानीकर्ताहरुको सक्रियता थप वृद्धि हुँदै गएको अनुमान लगाउन सकिन्छ ।
क्रिष्ट माइक्रो लाइफ इन्स्युरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, छ्याङदी हाइड्रो पावर, ओम मेगाश्री फर्मास्युटिकल्स, आइसि एफ सि फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
नारायणी विकास वैंक, सप्तकोशी विकास वैंक, सिन्दु विकास वैंक, इस्टर्न हाइड्रोपावर, ग्रिन विकास वैंक लगायतका सेयर मूल्य घटेको छ ।
