काठमाडौँ, वैशाख २३ : चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा यही वैशाख २५ गते विहीबार विशेषज्ञ डाक्टरद्वारा पाइल्स, फिस्टूला, फिसर लगायतका परीक्षण एवं निः शुल्क औषधि समेत वितरण हुने भएको छ ।
यस्ता समस्या भएका नगरवासीलाई सो सेवा लिन नगरपालिकाले आज यहाँ एक सूचना जारी गरेर सेवा लिन आग्रह आग्रह समेत गरेको छ ।
अस्पतालले पञ्चकर्म विशेष सेवा र स्वास्थ्य प्रवर्द्धन गतिविधिहरू प्रदान गरिराखेको छ । यो नेपालकै पहिलो सरकारी स्वास्थ्य प्रवर्द्धन केन्द्र हो । पञ्चकर्म भनेर चिनिने आयुर्वेदिक विधि मार्फत ढाड दुख्ने, घुँडा दुख्ने, हात दुख्ने, नासा दुख्ने आदिको निस्शुल्क उपचार गरिराखेको छ ,जसले बिरामीहरूलाई यो समस्या समाधान गर्न मद्दत गर्दछ।
