Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आजको मौसम : देशको अधिकांश भू भागमा दिनभर सिमसिम पानी पर्ने


सूचना कुण्ड
आजको मौसम : देशको अधिकांश भू भागमा दिनभर सिमसिम पानी पर्ने

काठमाडौं  वैशाख २१ : काठमाडौं मा बिहानैदेखि पानी परिरहेको छ। उपत्यकाका तीनै जिल्लासहित बागमती, गण्डकी र मधेस प्रदेशका भूभागहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाको वेभसाइटले देखाउँछ।

मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्दै गएकाले पानी परेको बताएको छ। नेपालमा अहिले मुख्यतः पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। सँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रिरहेको छ।

यी प्रणालीले गर्दा आइतबार बिहान देशैभरि आंशिकदेखि साधारणतया बदली छ। अहिले पानी परेको प्रणाली लुम्बिनी र गण्डकीबाटै सुरू भएको मौसमविद् डेविड ढकालले जानकारी दिए। यसले काठमाडौंसहित विभिन्न भूभागमा वर्षा गराएको उनको भनाइ छ। काठमाडौंमा केही बेरपछि पानी रोकिने सम्भावना रहे पनि पुनः पर्ने सम्भावना रहेको उनले बताए।

'पानी पर्ने र रोकिने क्रम चलिरहने देखिन्छ। तत्कालै घाम लाग्ने सम्भावना देखिँदैन,' मौसमविद ढकालले भने।

उनका अनुसार दिउँसो पश्चिम भूभागहरुमा पनि वर्षा हुने सम्भावना रहेको छ।'केही बेरमा पश्चिमको तराई भूभागबाट पानी पर्ने क्रम सुरू हुने देखिन्छ,' उनले भने।

उनका अनुसार अबका तीन दिनसम्म पानी पर्ने र रोकिने क्रम चलिरहने सम्भावना छ। 'आज अलि बढी पर्न सक्छ। भोलि कम पानी पर्न सक्छ। केहि दिन पानी पर्न पूर्ण रूपमा बन्द हुने भन्ने चाहीँ देखिँदैन,' उनले भने।ra.jpg

पछिल्लो ६ घन्टामा कहाँ कति पानी पर्‍यो? 

पछिल्लो ६ घन्टामा विराटनगरमा सबैभन्दा बढी ५०.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै मकवानपुरको हेटौंडामा ४४ मिलिमिटर र रजैयामा ३३.२ मिलिमिटर वर्षा मापन भएको छ।तनहुँको खैरेनीमा ३७ मिलिमिटर, बन्दीपुरमा २१ मिलिमिटर, सर्लाहीको मलंगवामा ३२ मिलिमिटर, बाराको अमलेखगन्जमा २८ मिलिमिटर, पाल्पामा १५ मिलिमिटर, भक्तपुरमा १८.६ मिलिमिटर, काठमाडौंको बूढानीलकण्ठमा ९.६ मिलिमिटर, सुन्दरीजलमा ११ मिलिमिटर वर्षा मापन भएको छ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend