Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कक्षा–१२ को परीक्षा हलमा ‘इलेक्ट्रोनिक्स डिभाइस’ लैजान निषेध


सूचना कुण्ड
कक्षा–१२ को परीक्षा हलमा  ‘इलेक्ट्रोनिक्स डिभाइस’ लैजान निषेध

काठमाडौं ,  वैशाख २०,:  कक्षा–१२ को परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडीलगायतलगायत ‘इलेक्ट्रोनिक्स डिभाइस’ लैजान निषेध गरिएको छ । परीक्षा हलमा मोबाइल प्रयोग गरे कारबाही गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

त्यस्ता मोबाइल जफत, कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले शनिबार जारी गरेको सूचनामा उल्लेख छ ।

“परीक्षालाई मर्यादित एवं व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलभित्र मोबाइल फोन तथा स्मार्ट घडीलगायतका अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान पूर्ण रूपमा निषेध गरिएको बेहोरा सम्पूर्ण केन्द्राध्यक्ष एवं परीक्षार्थीहरूमा अनुरोध छ,” सूचनामा भनिएको छ, “सूचनालाई अवज्ञा गरी परीक्षाहलमा मोबाइलको प्रयोग गरेको पाइएमा त्यस्ता मोबाइलहरू जफत गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनुका साथै सम्पूर्ण विषयको परीक्षा रद्द हुने बेहोरा समेत विद्यार्थी, अभिभावक एवं सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराइन्छ ।”

यो वर्षको कक्षा–१२ को वार्षिक परीक्षा यही वैशाख २१ गते (आइतबार)देखि सुरु हुँदै छ ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend