Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक ः राष्ट्रपति


सूचना कुण्ड
आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक ः राष्ट्रपति

काठमाडौ, वैशाख २०: राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिने बताउनुभएको छ । उहाँले यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्नेमा जोड दिनुभएको छ।

राष्ट्रपति पौडेलले काठमाडौ नागार्जुन -७ रामकाेटस्थित बद्रिनारायण धाम उद्घाटन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । “हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्घता देख्न सकिन्छ । यो ऐक्यबद्धताले विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्धत गर्न सक्नुपर्दछ, यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

उहाँले आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको बताउँदै आज मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भांैंतारिहेको यही कारण हो भन्नुभयो । सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्म हुन्छ हुन्छ भन्दै उहाँले यस्तो आध्यात्मिक केन्द्र नेपालकै राजधानी काठमाडौंको पश्चिमी पवित्र भू–भागको सुगम स्थलमा अब हामीले पाएको बताउनुभयो । राष्ट्रपति पौडेलले वैदिक सनातन संस्कति र परम्परामा रहिआएको विश्वासअनुसार अत्यन्त महत्वपूर्ण मानिएको बद्रिधाम निर्मांणले खुसी ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

ra.jpg

उहाँले यस धामले नेपालको पर्यटन प्रवर्धनको माध्यमबाट आर्थिक समुन्नतिमा पनि टेवा पुग्नेछ भन्नुभयो । “विश्वमा चरम भौतिक विकासको चाहना र होडवाजी बढ्दो छ, यसका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कदो छ, यो कुरा हामीले हाम्रै समाजमा पनि अनुभव गरिरहेका छौं, यस्तो अवस्थामा निर्माण भएको यो बद्रिधामसहितको अध्यात्म केन्द्रले आध्यात्मिक जागरण ल्याउन र यसबाट उत्पन्न हुने मानव सेवा भावले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण योगदान पुरयाउनेछ भन्ने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend