काठमाडौँ, वैशाख १९ : चन्द्रागिरि नगरपालिकाव्दारा आर्थिक वर्ष २०८१ / ८२ मा सम्पादित योजना, कार्यक्रम तथा सेवा सुविधाका बारेमा जानकारी दिने ध्येयले यही वैशाख ३० गते मंगलबार सार्वजनिक सुनुवाई हुने भएको छ ।
चन्द्रागिरि नगरपालिकाका सूचना अधिकारी नुमानन्द दमासेव्दारा आज जारी सूचनाका अनुसार सो सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवाला निकायलाई उपस्थिति हुन आग्रह गरिएको छ ।
