Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आगामी तीन दिन र त्यसपछिका केही दिन बादल र वर्षामय रहने


सूचना कुण्ड
आगामी तीन दिन र त्यसपछिका केही दिन बादल र वर्षामय रहने

काठमाडौँ, वैशाख १९ : नेपालका अधिकांश भूभागमा बिहीबारदेखि करिब एक साताजसो बदलीसहित हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना देखिएको छ । पश्चिमी वायु, बङ्गालको खाडीको प्रणाली र स्थानीय वायुसहित तीन वटा प्रणालीको मिश्रण रहेकाले पनि बुधबार रातिदेखि नै देशव्यापी बदली र वर्षा सुरु भएको हो । 

बङ्गालको खाडीबाट राम्रो जलवाष्पसहितको प्रणाली र स्थानीय वायुको विकास पनि सँगै हुँदा साताव्यापी वर्षाले शीतलता प्रदान गर्ने भएको हो । विगत केही दिनयता हल्का वर्षासँगै कायम रहेको जलवाष्पमा थप नयाँ प्रणाली मिसिएकाले यस पटकको वर्षा लम्बिएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार आगामी तीन दिन र त्यसपछिका केही दिन बादल र वर्षामय रहने भएको छ ।

रातमा बादल बन्ने र दिनमा वर्षा हुने क्रम केही दिन जारी रहने उहाँले बताउनुभयो । पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र अन्यत्र बदलीसहित शीतल वातावरणको विकास हुने सम्भावना रहेको छ । यसले बढेको तापलहरको तातोलाई केही समयका लागि निमिट्यान्न पार्ने सङ्केत गरेको उहाँले जानकारी दिनुभयो । पश्चिमको तुलनामा देशको पूर्वी भूभागमा बढी वर्षा हुने भएको छ । 

मनसुन भित्रन अझै एक महिना समय बाँकी रहेकाले अहिलेको गतिविधिले प्रिमनसुन थप सक्रिय बनाएको महाशाखाले औँल्याएको छ । देशका सबै प्रदेशमा दिनमा बढी बादल र वर्षा हुने छ भने रातमा कतै कतै मात्र हल्का वर्षाको सम्भावना रहेको छ । 

थोरै समयका लागि घाम लागे पनि फेरि बदली हुँदै पहाडी भेगमा वर्षा र हिमाली भेगमा हिमपात गराउने सम्भावना रहेको जनाइएको छ । नयाँ प्रणाली नजोडिएको खण्डमा अर्को साताको बुधबारदेखि मौसम सफा हुने सम्भावना रहेको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend